(१) शुद्ध औषधि सरह बिक्री वा प्रयोग गराउने नियतले वा त्यसरी बिक्री वा प्रयोग गरिने सम्भव छ भन्ने जानी जानी औषधिको प्रभाव शुन्य हुने, घटी हुने वा बदलिने वा हानीकारक हुने गरी कसैले कुनै औषधिमा मिसावट गरेमा वा त्यस्तो मिसावट भएको वा म्याद नाघेको औषधि हो भन्ने जानी जानी बिक्री गरेमा वा बिक्री गर्न उद्योग गरेमा वा बिक्री गर्न राखेमा वा उपचारको निमित्त कसैलाई दिएमा वा मिसावटको सम्बन्धमा जानकारी नभएका कुनै व्यक्तिलाई त्यस्तो औषधि सेवन गर्न लगाएमा निजलाई देहायबमोजिम सजाय
हुनेछ :–
(क) ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्म कैद वा दशवर्षसम्म कैद र जरिवाना,
(ख) शरीरको कुनै अ·को शक्ति क्षीण वा हरण हुनसक्ने भएमा दश वर्षसम्म कैद र जरिवाना,
(ग) अन्य अवस्थामा पा“च वर्षसम्म कैद वा जरिवाना वा दुवै ।
(२) कुनै अरू थोकलाई औषधि भनी बिक्री गरेमा समेत उपदफा (१) बमोजिमको कसुर गरेको ठहरी सजाय हुनेछ